प्युठान निर्वाचन क्षेत्र नम्वर ‘क’ बाट निर्वाचित सांसद हरी प्रसाद रिजाल लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन ।
उनले आइतबार बेलुका प्रदेश प्रमुखबाट मुख्यमन्त्री शंकर पोखरेलसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा सपथ खाएका हुन् ।
कोरोना महामारी बढिरहेका बेला संवेदनशिल मन्त्रालयको रुपमा रिजालले जिम्मेवारी पाएका छन् । लुम्विनी प्रदेशमा प्यूठानले पहिलोपटक मन्त्री पाएको हो ।
१९ बैशाख २०७८, आईतवार २१:२२ प्रकाशित