१२ बैशाख २०८१, बुधबार
पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला
  • काँचुली खबर

तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । स्वाउली बजार नजिकै पार्किङ गरिएको भारतीय कारमा तिन जना बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका(६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको हो ।

उक्त कार चार महिनादेखि सोही स्थानमा रहेको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएका बालकहरूको पहिचान खुलेको छैन । यद्यपी ति बालबालिका स्थानीय हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिहले जानकारी दिए ।

  • १८ बैशाख २०७८, शनिबार २२:३३ प्रकाशित
  • Nabintech