सरकार कोरोनाप्रति संवेदनशिल देखिएन : पुर्वगृहमन्त्री बस्नेत
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले वर्तमान सरकार कोरोनाप्रति संवेदनशिल नभएको बताएका छन । शनिबार माओवादी केन्द्र कोहलपुर नगर कमिटिले आयोजना गरेको जुम मिटिङमा बोल्दै नेता बस्नेतले कोरोना महामारीमा समेत सरकार अनावश्यक कुरामा रुमल्लीरहेको बताएका हुन ।

कोरोना महामारीको समयमा जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्ने स्थानिय, प्रदेश र केन्द्रिय तहको सरकार नै सत्ता लिप्सामा ब्यस्त देखिएको बताउँदै बस्नेतले कोरोना नियन्त्रण तथा नागरिकको जिवन रक्षार्थ सक्रियतासाथ परिचालन हुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बस्नेतले वर्तमान सरकार प्रतिक्रान्तिको बाटोतर्फ हिड्न खोजेको आरोप समेत लगाए । परिवर्तनकालागि कुनै भुमिका नखेलेका ब्यक्तिको हातमा देशको शासन ब्यवस्था जानु दुर्भाग्यपूर्ण भएको बताउँदै बस्नेतले जनयुद्धको जगबाट प्राप्त उपलब्धि रक्षार्थ सबै अग्रगामी शक्तिहरु एकजुट हुनेपर्ने अवस्था आएको उल्लेख गरे ।

पछिल्लो समय नेपाली काँग्रेस र मधेषवादी दलहरु माओवादी कै एजेण्डामा सहमत भएको भन्दै बस्नेतले खुसी ब्यक्त गरे ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका संयोजक तुलाराज विष्ट ‘बिहानी’को अध्यक्षतामा भएको जुम मिटिङमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा कोहलपुर नगर पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए । त्यसक्रममा कोहलपुर नगरपालिका अन्तर्गग १५ वटै वडा समितिका प्रतिनिधिहरुले वडामा कोरोनाको अवस्था र त्यसलाई न्यूनिकरण गर्न पार्टीले खेल्दै आएको भुमिकाको बारेमा रिर्पोटिङ गरेका थिए ।

  • १८ बैशाख २०७८, शनिबार १५:२७ प्रकाशित
  • Nabintech