बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ महादेवा गाउँ शोकमा डुबेको छ । छुट्टाछुट्टै दुर्घटनामा गाउँका दुई युवाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । बिहीबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित सिमलचोकमा ट्याक्टर दुर्घटना हुँदा महादेवाका ३२ वर्षीय दिपक पुन मगरको ज्यान गएको थियो भने गत चैतमा मजदुरी गर्न लमजुङ पुगेका सोही स्थानका २० वर्षिय विशाल चौधरीको करेन्ट लागेर बुधबार ज्यान गएको थियो । उनको शव शुक्रबार घरमा ल्याएइको छ । दुवै जनाको शुक्रवार अन्त्योष्टी समेत भईसकेको छ ।
दिपक घरपरिवारका जेठा छोरा हुन । अपाङ्गता भएका दिपकका बुवा खड्ग बहादुर पुन बैशाखीको सहारामा भावविह्वल हुँदै घाटसम्म पुग्दा सबैका आँखा रसाएका थिए । यता कमाएर घर फर्किने तयारीमा रहेका घरपरिवारको प्यारो छोरा गुमाउनु पर्दा विशालका बुवा पल्टु थारु र विशालकी आमा छिनछिनमा बेहोस हुने गरेका छन । गाउँका दुई युवाको एकै साथ भएको मृत्युले आफुहरुलाई स्तब्ध बनाएको स्थानीय दिनश चौधरीले बताए ।
माओवादी केन्द्र राप्तीसोनारी ९ का वडा कमिटी अध्यक्ष तथा समाजसेवी दल बहादुर खड्काले गाउँका कलिला युवाहरुको असामाहिक भएको निधनले आफू निकै दुखी भएको बताए । मेरो गाउँका दुई युवाको एकैपटक मृत्यु हुनुले हामी निकै दुखी र स्तब्ध भएका छौ । मृतकका परिवारलाई आवश्यक सहयोग गर्ने कुनै कसुर बाँकी राखिने छैन उनले भने राप्ती सोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले घटना बारे दु:ख व्यक्त गरेका छ्न ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१७ बैशाख २०७८, शुक्रबार २१:४६ प्रकाशित