कोहलपुरमा नि:शुल्क स्वाब संकलन सुरु
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले शुक्रबारदेखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन सुरु गरेको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन सुरु गरीएको हो ।

कोरोना संक्रमितको संख्या अधिक रहेको कोहलपुरमा नगरपालिकाले संकास्पद विरामीको पिसिआर परीक्षणको ब्यवस्था मिलाएपछि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आज पहिलो चरणमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाव संकलन गरीएको कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिए । संकलन गरीएका स्वाव परिक्षणकालागि भेरी अस्पतालको त्यावमा पठाईएको छ ।

कोहलपुर नगरपालिकाको नगरसभा हलमा शुक्रबार देखी हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र बैदेशिक रोजगारीबाट फर्किएर होम क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु सहित ३० जनाको स्वाव संकलन गरीने बताईएको छ ।

यसैबिच कोहलपुर नगरपालिकाले शुक्रबारदेखी नै पिपरीमा रहेको क्षेत्रीय कृषि विकास बैंकको तालिम कक्षमा अक्सिजन सुविधा सहितको आईशोलेशन वार्ड सञ्चालनमा ल्याएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार २१:२४ प्रकाशित
  • Nabintech