फाइल फोटो
बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । शुक्रबार नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६० बर्षिया महिला र १० नम्बर वडाका ४९ बर्षिय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
वडा नम्बर १ की मृतक महिलालाई बिहिवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बागेश्वरी ल्याबमा परिक्षण गर्दा बैशाख १४ गते कोरोना देखिएको थियो । उनको आज बिहान ६:३० बजे मृत्यु भएको हो ।
त्यसैगरी, वडा नम्बर १० का मृतक पुरुषलाई बैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बैशाख ५ गते कोरोना संक्रमण देखिएको थियो । उनको आज दिउँसो १२:३० बजे मृत्यु भएको हो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११३ पुगेको छ ।
१७ बैशाख २०७८, शुक्रबार १४:०७ प्रकाशित