बाँकेमा शुक्रबार २ सय ५ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार ५ वर्षिय बालकदेखी ७१ वर्षिया बृद्धा समेतले कोरोनालाई जितेर घर फर्किएका हुन ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा रहेका ८७ महिला र ११८ पुरुषमा कोरोनाको लक्षण नदेखिएपछि उनिहरुलाई डिस्चार्ज गरीएको जानकारी दिए ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेसँगै केरोनामुक्त हुनेको सँख्यामा समेत उल्लेख्य सुधार हुँदै गएको छ ।
१७ बैशाख २०७८, शुक्रबार १३:०० प्रकाशित