कोहलपुरमा आजदेखी नि:शुल्क स्वाव संकलन
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले आज (शुक्रबार) देखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गर्न लागेको हो ।

आज पहिलो चरणमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाव संकलन गरीने कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिए । संकलन गरीएका स्वाव परिक्षणकालागि भेरी अस्पतालको त्यावमा पठाईने तयारी गरीएको बताउँदै खनालले आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङबाहेकका अन्य नागरीकको समेत स्वाव संकलन गरीने जानकारी दिए ।

कोहलपुर नगरपालिकाको नगरसभा हलमा आज बेलुका ५ बजेबाट स्वाव संकलन गरीने छ । हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र बैदेशिक रोजगारीबाट फर्किएर होम क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु सहित ३० जनाको स्वाव संकलन गरीने बताईएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार ०९:४६ प्रकाशित
  • Nabintech