भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु
  • काँचुली खबर

फाइल फोटो
बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, मृत्यु हुनेमा बर्दिया, कैलाली र बाँकेका एक/एक जना रहेका छन । बढैयाताल गाउँपालिका ७ बर्दियाकी ४७ बर्षिया महिलाको बिहिबार बेलुका ५:३० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मृतक गत चैत २५ गते अस्पतालमा भर्ना भएको र २६ गते उनलाई कोरोना देखिएको थियो ।
ओलीका अनुसार, अर्का संक्रमित गोदावरी ११ कैलालीका ६२ बर्षिय पुरुषको बिहिवार राती ९:३० बजे मृत्यु भएको छ । मृतकलाई बैशाख १३ गते अस्पताल भर्ना गरिएको र १४ गते कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी, नेपालगन्ज ७ बाँकेकी ५७ बर्षिया महिलाको शुक्रवार बिहान ३:३० बजे मृत्यु भएको छ । मृतक महिलालाई बैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोहिदिन कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो ।
योसङ्गै बाँकेमा हालसम्म जिल्ला भित्रका १११ र जिल्ला बाहिरका ११३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन ।

  • १७ बैशाख २०७८, शुक्रबार ०८:०३ प्रकाशित
  • Nabintech