बाँकेबाट २४४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमण बढेसँगै केरोनामुक्त हुनेको सँख्यामा समेत उल्लेख्य सुधार हुँदै गएको छ । बिहिबारमात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २४४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १०० महिला र १४४ जना पुरुष गरी बिहिबार बाँकेबाट २४द्ध जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन ।

यसैबिच बाँकेमा आज थप ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका ३ वटा प्रयोगशालाको परीक्षणमा ४९४ जना र जमुनाह स्थित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा २ जना गरि थप ४९६ संक्रमित थपिएका हुन् ।

बिहिबार गरीएको परिक्षणमा भेरी अस्पताल अस्पतालको ल्यावमा २८८ नमुना परिक्षण गर्दा २१४ जना, नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा १२८ जना र बागेश्वरी ल्याबमा १८० जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

त्यसैगरी जमुनाह स्थित हेल्थ डेस्कमा ३४ जनाको परीक्षण गर्दा २ जना संक्रमित थपिएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणबाट बाँकेका ९ र बाँके बाहिरका ३ जनाको मृत्यु भएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार २१:३२ प्रकाशित
  • Nabintech