पूर्वरानी कोमल आईसीयूमा, ज्ञानेन्द्रको अवस्था सामान्य
  • काँचुली खबर

कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

  • १६ बैशाख २०७८, बिहीबार १०:५२ प्रकाशित
  • Nabintech