१३ बैशाख २०८१, बिहीबार
नेपाल सुपर लिग : चितवन र लुम्बिनी २-२ गोलको बराबरीमा
  • काँचुली खबर

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ ।

बुधबारको खेलमा चितवन र बुटवलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो । खेलको १५औँ मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो । खेलको १९औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ३२औँ मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६५औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-२ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चितवनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो । बुटवलको यो पहिलो बराबरी हो । बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो । बुटवलले २ खेलमा ४ अंक जोडेको छ ।

  • १५ बैशाख २०७८, बुधबार १८:१८ प्रकाशित
  • Nabintech