बुधबार बाँकेबाट ८८ कोरोनामुक्त हुँदै डिस्चार्ज
  • काँचुली खबर

बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन ।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताए ।

यसैबिच आजमात्रै भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

  • १५ बैशाख २०७८, बुधबार १४:२० प्रकाशित
  • Nabintech