बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको छ ।
कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बैशाख १ गतेदेखि आजसम्म अस्पतालका ७३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत ८ जना चिकित्सक, ३३ जना नर्सिङ कर्मचारी, ८ जना प्यारामेडिक्स (HA/अहेव), २ जना प्रशासन सम्बद्ध कर्मचारी र २२ जना सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर आदि) गरी ७३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये, ४४ जना महिला र ३९ जना पुरुष रहेका छन ।
१५ बैशाख २०७८, बुधबार १३:२२ प्रकाशित