भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी बुधबार २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये, १३९ जना पुरुष र ९४ जना महिला रहेका छन ।
संक्रमितहरु बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेको अस्पतालले जनाएको छ ।
बाँकेका २०८ संक्रमितमध्ये, अधिकांस १८२ जना नेपालगन्ज उपमहानगरपालिका भित्रका रहेका छन ।
१५ बैशाख २०७८, बुधबार १३:०३ प्रकाशित