भेरीमा नेपालगन्जका दुई संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेको भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारकै क्रममा नेपालगन्जका एक महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना पुष्टि भएको थियो । उनी त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-१२ का ६५ वर्षीय पुरुषमा १ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी ५ दिन होमआइसोलेसनमा बसेका थिए ।

भाईरसले च्याप्दै गएपछि ६ गतेमात्रै उनी अस्पताल भर्ना भए । उपचारका क्रममा उनको आज विहान साढे २ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

  • १५ बैशाख २०७८, बुधबार ०९:४२ प्रकाशित
  • Nabintech