बाँकेमा ५२६ संक्रमित थपिए, १० को मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना भुसको आगो जस्तै सल्कीएको छ । दिनप्रतिदिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएको बाँकेमा मंगलबार मात्र ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण गरीएकोमा ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४१४ जना बाँके जिल्लाभित्रका नागरिक रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २९९ र जिल्ला बाहिरका ८४, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ४४ र जिल्ला बाहिरका १२, वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ६७ र जिल्ला बाहिरका १२ तथा जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एन्टिजिन विधि मार्फत ५३ जनाको कोरोना जाँच गर्दा जिल्लाभित्रका ४ र जिल्लाबाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको ओलीले जानकारी दिए ।

बाँकेमा मंगलबार बेलुकासम्म ५५ हजार ७०२ जनाको कोरोना परिक्षण गरीएकोमा ८ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको र त्यसमध्ये ५ हजार २३४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भईसकेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

यसैबिच बाँकेमा मंगलबार बेलुका थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुने दुबै दाङका रहेका छन । तुलसीपुर उपमहानगरपालिका ६ का ३७ वर्षिय महिला र वडा नं. ७ का ३१ वर्षिय पुरुषको भेरी अस्पिताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि मंगलबार बेलुका ६ बजेसम्म ८ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका थिए । पछिल्लो पटक थप २ जनाको मृत्यु भएसँगै बाँकेमा कोरोनाबाट मंगलबार मात्र १० जनाको ज्यान गएको छ । यो बाँकेको अहिलेसम्मकै उच्च मृत्युदर हो ।

  • १४ बैशाख २०७८, मंगलवार २१:२२ प्रकाशित
  • Nabintech