पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणमा मंगलबार कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।
१४ बैशाख २०७८, मंगलवार १७:२४ प्रकाशित