नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
बैशाख ११ गते पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति महिलालाई १२ गते अस्पताल भर्ना गरीएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि उपचारकै क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ८७ पुगेको छ ।
१३ बैशाख २०७८, सोमबार ०९:१५ प्रकाशित