थप दुई संक्रमित महिलाको मृत्यु
  • काँचुली खबर

बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ की ५२ बर्षिया एक महिलाको हिजो दिउँसो १२ बजे मृत्यु भएको थियो । उनी हिजो नै अस्पताल भर्ना भएकी थिईन । मृत्यु पश्चात् उनको स्वाब संकलन गरी परिक्षण गरिएको र आज आएको रिपोर्टमा उनलाई कोरोना देखिएको थियो । यो सङ्गै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
त्यसैगरी बबई गाउँपालिका वडा नम्बर ४ दाङकी ३९ बर्षिया संक्रमित महिलाको आज बेलुका ६:३० बजे उपचारका क्रममा मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । मृतक महिला आजै दिउँसो अस्पताल भर्ना भएकी थिइन । यो सङ्गै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आई मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

  • १२ बैशाख २०७८, आईतवार २१:२९ प्रकाशित
  • Nabintech