कोभिड व्यवस्थापनका लागि जापानबाट भेरी अस्पताललाई आर्थिक सहयोग
  • काँचुली खबर

रोजगारीका शिलशिलामा जापानमा बस्ने बाँकेकी एक महिलाले कोभिड व्यवस्थापनका लागि भेरी अस्पताललाई एक लाख बढी रकम सहयोग गरेकी छिन । बाँकेको खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६१२ रुपैयाँ सहयोग गरेकी हुन ।
जापानमा रहेकी उनले खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिमार्फत उक्त सहयोग रकम भेरी अस्पताललाई प्रदान गरेकी हुन ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले आइतबार सो रकम बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको रोहवरमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरेका छन ।
जिल्ला प्रशासन कार्यालयमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा बाँके प्रहरी प्रमुख ओम राना, खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार लगायतको उपस्थिति रहेको थियो ।

  • १२ बैशाख २०७८, आईतवार २०:४० प्रकाशित
  • Nabintech