बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती भेरी अस्पतालमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका ११ का ६० बर्षिया कोरोना संक्रमित पुरुषको शनिबार राती १०:३० बजे मृत्यु भएको हो । गत बैशाख १ गते कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा शनिबार राती अस्पतालमा उनको मृत्यु भएको ओलीले जानकारी दिए ।
योसङ्गै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ ।
१२ बैशाख २०७८, आईतवार ०८:४३ प्रकाशित