फाइल फोटो
बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शुक्रबार बिहान थप एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ६१ बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा शनिबार बिहान १:२१ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोरोनाको उपचारका लागि मृतक महिलालाई बैशाख ८ गते राती भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
योसङ्गै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।
११ बैशाख २०७८, शनिबार ०६:४८ प्रकाशित