फाइल फोटो
बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार दिउँसो नेपालगन्जमा थप एक कोरोना संक्रमित महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६५ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बैशाख ७ गते भर्ना भएको, ७ गते नै पिसिआर जाँच गरिएको र ८ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहिबार दिउँसो १:०० बजे उनको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
आज बिहान मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का कोरोना संक्रमित ८६ बर्षिया वृद्धा महिलाको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ज्यान गएको थियो ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेना, परिवारका सदस्य तथा डिसिसीएमसीबाट तयारी गरिरहेको ओलीले बताए । योसङ्गै यस जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।
९ बैशाख २०७८, बिहीबार १५:१४ प्रकाशित