बाँकेमा कोरोनाबाट ज्यान गुमाउने क्रम बढ्यो, बुधबार थप २ को मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या बढ्न थालेको छ । दिनहुँ संक्रमितको सँख्या बढेसँगै मृतकको सँख्यामा समेत बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ७० वर्षिय पुरुषको उपचारका क्रममा बुधबार मध्यराती १२ बजे मृत्यु भएको हो । त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्का ९० वर्षिय बृद्धको आज बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिएका छन् ।

चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पताल भर्ना भएका ७० वर्षिय पुरुषको मध्यराती मृत्यु भएको ओलीले बताए । त्यसैगरि बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ मेडिकल कलेज भर्ना भएका ९० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा जिल्ला भित्रको मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

  • ८ बैशाख २०७८, बुधबार ११:११ प्रकाशित
  • Nabintech