नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत वडाध्यक्ष प्रमोद रिजालले सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको बताएका हुन ।
रिजालले परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय शिल गरीएको जनाएका छन । समपूर्ण कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै केही समयकालागि वडा कार्यालय शिल गरीएको रिजालले बताए ।
बाँकेमा पछिल्लो समय कोरोनाको संक्रमणदर युद्धस्तरमा फैलिएको छ । सिमानाका हुँदै फैलिएको कोरोना पछिललो समय समुदायस्तरमा समेत बिस्तार भएको छ । जसले गर्दा यहाँको स्थिती भयावह हुँदै गएको छ । यद्यपी स्थानिय तहले भने अहिलेसम्म कोरोना संक्रमण फैलन नदिन कुनै प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
७ बैशाख २०७८, मंगलवार १३:०१ प्रकाशित