बाँकेको कोहलपुर नगरपालिकाका एउटै वडाका दुई कोरोना संक्रमितको सोमबार एकैदिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका – २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर – २ कै ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनको पीसीआर पोजिटिभ रिपोर्ट भने राती मात्र आइपुगेको थियो । स्वास्थ्यमा समस्या आएपछि उनी सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
यस्तै सोमबार राती नै कोहलपुर २ का ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनीलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज ल्याइएको थियो ।
पीसीआर परीक्षणको लागि स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । उनि टिबी र दमको दिर्घ रोगी भएको बताइएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।
७ बैशाख २०७८, मंगलवार ०८:२४ प्रकाशित