यस्तो छ लुम्बिनी प्रदेशको नयाँ मन्त्रीपरिषद
  • काँचुली खबर

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई नयाँ मन्त्री बनाई मन्त्रीपरिषद  पुर्नगठन गरेका छन । नयाँ मन्त्री नियुक्त हुनेमा सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डेय शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेका छन । नयाँ मन्त्रीहरुले आजै दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गरेका छन ।
आजै नेपाली काँग्रेस, माओवादी केन्द्रले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै नयाँ राजनीतिक घटनाक्रम तीब्र भएको छ । अबिश्वास दर्तासँंगै नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका थिए । मुख्यमन्त्री पोखरेलले भने आजै रिक्त स्थानमा नयाँ मन्त्रीहरुसंगै चार मन्त्रीहरु नियुक्त गरेका छन ।
यस्तो छ नयाँ मन्त्रीपरिषद ।
शंकर पोखरेल – मुख्यमन्त्री
बैजनाथ चौधरी(थारु) – आर्थिक मामिला तथा योजना मन्त्रालय, ग्रामीण तथा शहरी विकास मन्त्री
लिला गिरी – आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्री
सन्तोष कुमार पाण्डेय – भौतिक पूर्वाधार विकास मन्त्री
आरती पौडेल – उद्योग वन तथा वातावरण मन्त्री
विजयबहादुर यादव – भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
कल्पना पाण्डेय – शिक्षा तथा सामाजिक विकास मन्त्री
सुमन शर्मा रायमाझी – भौतिक पूर्वाधार विकास राज्यमन्त्री

  • ६ बैशाख २०७८, सोमबार १७:२२ प्रकाशित
  • Nabintech