आफुबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउँदै मुख्यमन्त्री पोखरेल
  • काँचुली खबर

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने भएका छन् ।
सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले नयाँ मन्त्री थप्ने तयारी गरेका छन् । नयाँ मन्त्रीलाई आज ४ बजे सपथ गराउने तयारी गरिएको छ ।
अविश्वासको प्रस्ताव दर्ता गरेको २ घण्टा नबित्दै जनता समाजवादी पार्टी पोखरेल नेतृत्वको सरकारमा सहभागी हुन तयार भएका हुन् ।
जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने तयारी रहेको स्रोतले बताएको छ ।

  • ६ बैशाख २०७८, सोमबार १५:३३ प्रकाशित
  • Nabintech