लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
प्रदेशसभामा ४१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको काँग्रेस प्रदेशसभा प्रमुख सचेतक फखरुदिन खानले जानकारी दिएका छन् ।
६ बैशाख २०७८, सोमबार १३:१६ प्रकाशित