वैशाख मसान्तसम्म विद्यालय बन्द हुने सहरहरु (सूचीसहित)
  • काँचुली खबर

सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लाहरुमा पठनपाठन बन्द गरी अनलाइन माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णणयअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, हेटौंडा, काँकडभिट्टा, विर्तामोड, दमक, विराटनगर, इटहरी, धरानका सरकारी तथा निजी विद्यालय बन्द हुनेछन् ।
यस्तै, वीरगञ्ज, जनकपुर, राजविराज, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछन ।

  • ६ बैशाख २०७८, सोमबार १२:१२ प्रकाशित
  • Nabintech