राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा उनले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जारी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
६ बैशाख २०७८, सोमबार ११:४३ प्रकाशित