१३ बैशाख २०८१, बिहीबार
एसर्इई र एसएलसीमा के फरक छ ?
  • काँचुली खबर

कान्ति न्यौपाने
काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका छन् ।

१९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा ब्रान्डका रुपमा स्थापित रह्यो । कुनै समय एसएलसी अर्थात् स्कुल लेवल सर्टिफिकेट इक्जामिनेसनेसनलाई फलामे ढोकाका रुपमा हेर्ने गरिन्थ्यो । एसएलसीमा राम्रो नतिजा प्राप्त गर्नुलाई ठुलै उपलब्धिका रुपमा मूल्यांकन गरिन्थ्यो । तर, ०७३ असार १५ गते शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ प्रमाणिकरण भएर एसएलसीको नाम परिवर्तन भई एसइइ बनेसँगै यसको महत्वमा कमी आएको शिक्षाविद्् विद्यानाथ कोइरालाले बताउनुभयो । शिक्षा ऐन २०२८ मा माध्यमिक तह अर्थात् कक्षा १२ को अन्त्यमा लिइने परीक्षालाई ‘माध्यमिक शिक्षा परीक्षा’ भनेर उल्लेख गरिएको छ । तर, एसएलसी र एसइइ परीक्षामा नाम मात्रै फरक राखिएको छ । एसइइमा गे्रडिङ सिस्टबाट रिजल्ट आउने र विद्यार्थी फेल नहुने प्रक्रिया रहन्छ । एसएलसी अर्थात् स्कूल लिभिङ सर्टिफिकेट र एसइइ, अर्थात् सेकेन्डरी एजुकेशन इक्जामिनेसन एसइइ कुनै विशेष परीक्षा नभएको र १० कक्षामा दिने परीक्षा १२ कक्षामा दिँदा नाम मात्रै परिवर्तन भएको विज्ञहरु बताउँछन् । संशोधित शिक्षा ऐनले विद्यालय शिक्षा प्रणालीभित्रका बाह्य परीक्षाहरू कक्षा ८, मा हुने परीक्षा १० मा र कक्षा १० मा हुने परीक्षा १२ कक्षाको अन्त्यमा हुने व्यवस्था गरेको छ । एसइइ परीक्षामा कोही पनि अनुत्तिर्ण नहुने र परीक्षा ग्रेडिङ सिस्टममा प्रकाशित हुने हुँदा विद्यार्थीहरुको एसएलसीमा जतिको अध्ययनमा लगाव घटेको विज्ञहरु वताउँछन् ।

  • १० असार २०७५, आईतवार ११:१५ प्रकाशित
  • Nabintech