माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नका लागि स्थायी समिति बैठक आज बस्न लागेको हो ।
आज दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन लेखेरै फिर्ता दिने उनले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।
उनले भने ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन। यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं ।’ उनले आज बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुने बताएका हुन ।
त्यस्तै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको स्थायी समिति सदस्य मात्रिका यादवको भनाई छ ।
कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने तयारीमा रहेको बताइएको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको समेत बताएका थिए ।

  • ६ बैशाख २०७८, सोमबार ०७:२२ प्रकाशित
  • Nabintech