बाँकेका थप १ सय १ जनामा संक्रमण पुष्टि
  • काँचुली खबर

आइतबार बाँकेका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षण गर्दा बाँकेका विभिन्न स्थानका १ सय १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशाला गरिएको परिक्षणमा १६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशाला गरिएको परिक्षणमा ३२ जना गरी आइतबार १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४५ महिला र ५६ जना पुरुष रहेका छन । त्यसैगरी, अन्य विभिन्न जिल्लाका १७ महिला र २७ पुरुष गरी ४४ जनामा पनि आज संक्रमण देखिएको छ ।
यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय १३ पुगेको छ । त्यसैगरी, आजै १३ जना संक्रमितहरु संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका १३ जनासहित जिल्लामा कोरोनाबाट मुक्त हुनेको संख्या ४ हजार ७ सय ४३ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार, जिल्लामा अब ६ सय १० जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन ।
त्यसैगरी, हालसम्म जिल्ला भित्रका ६० र बाहिरी जिल्लाका ९७ गरी कुल १ सय ५७ जना संक्रमितले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन ।

  • ५ बैशाख २०७८, आईतवार २०:३७ प्रकाशित
  • Nabintech