नेपालगन्जमा थप एक संक्रमित महिलाको मृत्यु
  • काँचुली खबर

फाइल फोटो
बाँकेमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
गेरुवा – ४, बर्दियाकी ५२ बर्षिया एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार, मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गत चैत ३१ गते भेरी अस्पतालको कोरोना विशेष वार्डमा राखी उपचार थालिएको र उपचारकै क्रममा आइतबार दिउँसो ३:५५ बजे उनको मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या ९७ पुगेको छ भने जिल्लाभित्रका ६० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन ।

  • ५ बैशाख २०७८, आईतवार १७:५० प्रकाशित
  • Nabintech