बाँकेमा कोरोनाको आक्रामक रुप, आइतबार ९२ प्रतिशतमा संक्रमण
  • काँचुली खबर

पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका ८१ वटा नमुनामध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसको संक्रमित दर ९२ दशमलव ६ प्रतिशत हुन आउँछ ।
अस्पतालका अनुसार, संक्रमितहरु स्वासप्रस्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा उपचार गर्न आएका व्यक्तिहरु हुन । उनिहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा पिसिआर जाँच गर्न लगाइएको थियो ।

समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्नकालागि सबै स्थानीय तहहरुले समुदायस्तरबाटै नमुना संकलन गरी अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाउने वयवस्था गर्ने र सरकारले पनि रिएजेन्ट तथा अन्य आवश्यक सामाग्रीहरुको पुर्णरुपमा व्यवस्थापन गरिदिने भए मात्र परिक्षणको दायरा बढाउन सकिने जनाएको छ ।
कोभिड महामारी सुरु भएपछि अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड र संकास्पद बिरामीलाई राख्ने ४० शैयाको Preisolation Ward गरी जम्मा १४२ बेड संक्रमितहरुले करीब करीब भरिइसकेको अस्पतालले जनाएको छ । त्यसैगरी, १५ शैयाको कोभिड आइसियू पनि भरिएको छ ।
तिब्र रुपमा फैलिएको संक्रमणलाई तत्काल फैलिने क्रमबाट नरोक्ने हो भने, अस्पतालहरूले थेग्न नसक्ने गरी बिरामीको चाँप बढ्न सक्ने र समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले चेतावनी दिएको छ ।

  • ५ बैशाख २०७८, आईतवार १३:०० प्रकाशित
  • Nabintech