शनिबार बेलुका केही बेर कोहलपुर चौराहको यातायात सेवा अबरुद्ध भएको छ । शुक्रबार बेलुका कोहलपुरको रोहिणी खोला जनिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका टिप्पर चालक र सहचालकका आफन्तले उचित क्षतीपूर्तिको माग गर्दै कोहलपुर चौराहमा नाराबाजी गरेका हुन ।
दुर्घटनामा मकालु यातायात समितिको बस र टिप्पर एकआपसमा जुधेका थिए । दुर्घटनामा टिप्परका चालक र सहचालक दुबैको मृत्यु भएपछि त्यसको क्षतीपूर्तिकालागि मकालु यातायात समितिले कुनै चासो नदेखाएको भन्दै मृतकका आफन्तहरु बिरोधमा उत्रिएका हुन ।
दुर्घटनामा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ का २५ वर्षिय खगेन्द्र बहादुर सुनार र सहचालक कोहलपुर १२ का २१ वर्षिय उदय बाँठाको मृत्यु भएको थियो । त्यसैगरी बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी-७ का ४१ वर्षीय जीवन कुमार विक र सिराह जिल्ला सुखिपुर गाउपालिका वर्ड नं. ५ कि अम्बिका कान्तिको समेत मृत्यु भएको थियो ।
क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरुले नेपालगञ्जबाट आइरहेको सानो भ्यान समेत तोडफोड गरेका छन् । यद्यपी अहिले स्थिती नियन्त्रणमा आईसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
४ बैशाख २०७८, शनिबार २०:३९ प्रकाशित