शुक्रबार बेलुका बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भयानक दुर्घटना भयो । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिप्पर एक आपसमा ठोक्कीदा पाँच जनाले ज्यान गुमाए । ४७ जना घाईते भए ।
बाँके राष्ट्रिय निकुन्ज अन्तर्गत पर्ने सडकखण्डको रोहणी खोला नजिकै भएको भिषण दुर्घटनामा ३ वर्षिय बालक भने सकुशल बच्न सफल भए । यद्यपी दुर्घटनामा उनको आमाको मृत्यु भयो । शिक्षाकालागि खाद्य कार्यक्रम अन्तर्गत सुर्खेतमा कार्यरत ३२ वर्षिय अम्बिका कान्ति आफ्नो ३ वर्षिय छोरा राहुल कान्तिलाई लिएर सिराहा जादैंथिईन । सोही क्रममा कोहलपुरमा भएको दुर्घटनामा उनको ज्यान गयो । आमाको मृत्यु बारे बेखबर रहेका ३ वर्षिय बालक २४ घण्टादेखी परिवारको पर्खाईमा छन ।
अहिले ति बालकलाई मृतक अम्बिकासँगै कार्यरत सिराहाका तेजु प्रसाद शाहको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटना लगत्तै उद्धार गरेर नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्याईएका ति बालकलाई उपचारपछि ईलाका प्रहरी कार्यालय कोहलपुरको महिला शेलमा राखिएको थियो । कोहलपुर प्रहरीको सम्पर्कमा आएका मृतक महिलाका भाई विकेश कुमार कान्तिले बालकको पहिचान गरेपछि बालकलाई अम्बिकासँगै सुर्खेतमा कार्यरत सिराहाका शाहको जिम्मा लगाईएको कोहलपुर प्रहरीले जनाएको छ ।
कोहलपुरमा बस र टिप्पर ठोकिदा एकको मृत्यु ३८ घाइते
शाह मार्फत बालकलाई सिराहा सुखीपुर गाउँपालिका-३ स्थित उनकै घरमा पठाउन पहल गरीएको प्रहरीले जनाएको छ ।
४ बैशाख २०७८, शनिबार २०:१० प्रकाशित