१६ चैत्र २०८०, शुक्रबार
आज असिनासहितको पानी पर्ने सम्भावना
  • काँचुली खबर

प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् ।

शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए । सापकोटाले भने, ‘पहिले दक्षिण-पूर्वबाट वायु प्रवेश गरेको थियो । त्यसलाई अहिले पश्चिमी वायुको पनि सपोर्ट भएकाले हल्कादेखि मध्यमखालको वर्षा हुन्छ ।’

पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने मौसमविद बताउँछन् । काठमाडौं उपत्यकामा विहानपख आंशिक बदलीको अवस्था छ । दिउँसो पनि बादल लागेर पानी पर्ने सम्भावना रहेको सापकोटाले बताए । पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यमखालको र तराईमा सामान्य खालको वर्षाको सम्भावना रहेको उनले बताए ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले हुन अनुरोध समेत गरेको छ ।

  • ४ बैशाख २०७८, शनिबार ०८:५१ प्रकाशित
  • Nabintech