बाँकेका १९९ जनामा कोरोना संक्रमण पुष्टि
  • काँचुली खबर

बाँकेमा कोरोना कहर फैलिएको छ । पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा १९९ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २७२ जनाको स्वाव परिक्षणका क्रममा १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये भेरी अस्पताल नेपालगन्जको ल्यावमा १२७, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्यावमा ४५, वागेश्वरी पोलिक्लिनिक ल्यावमा २३ र जनुनाह नाकामा रहेको हेल्थ डेस्कको ल्यावमा ४ जना गरी कुल १९९ जनामा संक्रमण देखिएको हो ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक हो ।

  • ३ बैशाख २०७८, शुक्रबार १७:१० प्रकाशित
  • Nabintech