मुख्यमन्त्री शाहीलाई काँग्रेसको समर्थन
  • काँचुली खबर

नेपाली काँग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने जानकारी दिएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु ।’

  • ३ बैशाख २०७८, शुक्रबार १६:५४ प्रकाशित
  • Nabintech