६ बैशाख २०८१, बिहीबार
बाँकेका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

  • २ बैशाख २०७८, बिहीबार १८:१३ प्रकाशित
  • Nabintech