१२ बैशाख २०८१, बुधबार
बाँकेमा एकैदिन भेटिए ८५ जना कोरोना संक्रमित
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतीय सिमासँग जोडिएको नेपालगन्ज र आसपासको क्षेत्रमा कोरोना संक्रमण दर बढेको छ । जमुनाह नाका हुँदै भारतका बिभिन्न सहरबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको सँख्या बढेसँगै संक्रमितको सँख्यामा उल्लेख्य बृद्धि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा सबैभन्दा धेरै ५६ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालको ल्यावमा पीसीआर परीक्षण गर्दा बुधबार ५६ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । भेरीमै गरीएको परिक्षणमा जिल्ला बाहीरका १९ जनामा समेत संक्रमण देखिएको छ ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्ला भित्रका २१ जना र जिल्ला बाहिरका १४ तथा वागेश्वरी डाईग्नोष्टिकको ल्यावमा गरीएको परिक्षणमा जिल्ला भित्रका ८ जना र जिल्ला बाहीरका ५ जनामा संक्रमण देखिएको ओलीले बताए ।

ओलीका अनुसार बाँकेमा हालसम्म ५०५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४७०२ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन भने जिल्लाभित्रका ५८ र जिल्ला बाहिरका ९२ गरी १५० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन ।

  • १ बैशाख २०७८, बुधबार २१:३० प्रकाशित
  • Nabintech