१५ चैत्र २०८०, बिहीबार
नयाँ वर्षको अवसरमा लागू औषध विरुद्ध कार्यक्रम
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिका १४ हवलदारपुर स्थित समाजसेवा संस्था नेपालले लागु औषध नियन्त्रण सम्बन्धि विविध कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाएको छ ।

कोहलपुर नगरपालिकाको सहयोग तथा विभिन्न संस्थाहरुको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले लागू औषध समाजको मुख्य समस्याको रूपमा भएको हुँदा लागू औषध नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना मुलुक सडक नाटक, कविता, गजल तथा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे । त्यस्तै कार्यक्रम जिल्लामा शान्ति सुरक्षा कायम गर्न अहम भुमिका निर्वाह गरेको भन्दै बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानालाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको संस्थाका केन्द्रिय अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

सो अवसरमा १ सय ५६ पटक रक्तदान गर्ने नेपालगन्जका गोपीनाथ वैश्य लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियोे भने संस्थाले आयोजना गरेको रक्तदानका सहभागी र कविता प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्नेलाई प्रमाणपत्रको समेत वितरण गरिएको थियोे ।

समाज सेवा संस्था नेपालकी उपाध्यक्ष रमिता चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि, विद्यार्थी लगायतको सहभागीता रहेकोे थियोे ।

  • १ बैशाख २०७८, बुधबार १८:४० प्रकाशित
  • Nabintech