७ बैशाख २०८१, शुक्रबार
प्यूठान दुर्घटना : ५ को मृत्यु, ६ गम्भिर घाइते
  • काँचुली खबर

प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका-३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका-७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट-७ का ३६ वर्षीय ईश्वर भण्डारी र २७ वर्षीय यमलाल पन्थी गरी ५ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिइएको छ । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । अन्य घाइतेको प्यूठानको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

  • १ बैशाख २०७८, बुधबार १७:५२ प्रकाशित
  • Nabintech