१३ बैशाख २०८१, बिहीबार
गरिमा सार्वजनिक गरिन ‘बेबी बम्प’ !
  • काँचुली खबर

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् ।

उनै, गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर पोष्ट गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो क्रेज बनाएकी यी सुन्दर नायिका पछिल्लो केही बर्षदेखि नेपाली चलचित्रबाट टाढा छिन् ।

  • १ बैशाख २०७८, बुधबार १५:०० प्रकाशित
  • Nabintech