७ बैशाख २०८१, शुक्रबार
जिप दुर्घटनामा प्रशासकीय अधिकृतसहित चारको मृत्यु
  • काँचुली खबर

प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु१ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका-४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको जिप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । जिपका चालकको भने परिचय खुलिसकेको छैन ।

  • १ बैशाख २०७८, बुधबार १४:४३ प्रकाशित
  • Nabintech