१४ बैशाख २०८१, शुक्रबार
नयाँ वर्षको शुभकामना ! (गजल)
  • काँचुली खबर

रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो !
अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो ।
स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए,
न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो ।
आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच,
जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय हुन्थ्यो ।
यो संसार सधैं घुमेजस्तै भाग्य पनि घुम्दो हो त,
रातमा पनि कहिलेकाँही सूर्यको उदय हुन्थ्यो ।
प्रकृतिमाथी विजय पाउने दुस्साहस छाडिदिए,
समृद्धि र सु-स्वास्थ्यको सधैं मंगलमय हुन्थ्यो ।
बेगम थापा ‘निश्चल’

  • १ बैशाख २०७८, बुधबार १०:११ प्रकाशित
  • Nabintech