१३ बैशाख २०८१, बिहीबार
बाँकेमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • काँचुली खबर

कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पुन कोरोना परिक्षण गराउनेको सँख्या बढ्न थालेको छ । शनिबार बाँकेका बिभिन्न ल्यावमा गरीएको परिक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच कोरोना संक्रमित एक महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका ७ की ७३ वर्षिय महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

३ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १५१ सहित २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । यस्तै आज बाँकेमा ज्या गुमाएकी महिलासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको छ ।

  • २८ चैत्र २०७७, शनिबार २०:०४ प्रकाशित
  • Nabintech